बुहारी हत्या घटनाका आरोपित गिरफ्तार
बोदे बर्साइन् गाविस-६ जाँजर टोलकी २७ वर्षीया हौवा भनिने फतमा खातुनको हत्या गरी फरार रहेकी निजकी सासु ५८ वर्षीया मदिना भनिने सबिरन खातुनलाई प्रहरीले तीन वर्षछि भदौ २८ गते गिरफ्तार गरेको छ ।
तत्कालीन जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले सबिरन र उनका ६० वर्षीय पति गफुर मियाँलाई जनही तीन वर्षकैद, उनीहरूका छोरी १५ वर्षीया ऐसा खातुनलाई छ महिना कैद सजायको फैसला ०७१ चैत १९ गते गरेको थियो । घटनापछि फरार रहेका मृतकका पति ३० वर्षीय मर्तुजा भनिने दरगु मियाँको हकमा मुद्दा मुल्तबी राखिएको अदालतले जनाएको छ ।
घाँटीमा सलले बाँधेर हत्या गरेको अवस्थामा घरैमा फतमाको लास ०७० साउन ३० गते फेला परेकै बेलादेखि मृतकका पति दरगु फरार रहेका छन् । फतमालाई आरोपितहरूले हत्या गरेको भन्दै मृतकका बुवा पंसेरा गाविस-७ का ६५ वर्षीय फरमुद मियाँले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७० साउन ३१ गते उजुरी दिएका थिए । मृतकको शवको पोष्टमार्टम राजविराज नपा-३ स्थित अञ्चल अस्पतालमा ०७० साउन ३१ गते गरिएको थियो ।
घटनाका प्रत्यक्षदर्शी मृतकका नाबालक छोराछोरीले दिएको वयान र लासको प्रकृतिअनुसार फतमाको पतिसहित घरपरिवारका सदस्यले हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर जितेन्द्र भट्टर्राईले मुद्दा दर्ता गरेका थिए । मर्तुजाले दाइजो माग्दै दैनिक पत्निलाई कुटपिट गर्ने गरेको छिमेकीहरूले बताएका थिए । सामाजिक परम्पराअनुसार २०६२ सालमा विवाहित फतमाको एक छोरा र एक छोरी छन् ।
हत्या आरोपमा ०७० साउन ३० गते राति गिरफ्तार मृतकका ससुरा गफुर ०७० भदौ ३० गते ४५ हजार धरौटी राखी तारेखमा रिहा भएपछि फरार रहेका छन् भने अदालतमा हाजिर भएकी ऐसा ०७० पुस १ गते पाँच हजार धरौटी राखी तारेखमा रिहा भएपछि फरार रहेकी छन् ।
गिरफ्तार भएकी सविरन पनि ०७० पुस ४ गते ४० हजार धरौटी राखी तारेखमा छुटेपछि फरार रहेकी थिइन् । अदालतको फैसलाअनुसार गिरफ्तार भएकी सबिरनलाई तीन वर्षा लागि राजविराज कारागारमा थुनामा पठाइएको अदालतका तहसिलदार किरणकुमार सिंहले जानकारी दिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…