बुहारी हत्या घटनाका आरोपित ससुरा गिरफ्तार
कर्जन्हा नपा–७ की २२ वर्षीया पुजा सिंहको हत्या गरेको आरोपमा ५५ वर्षीय ससुरा रामनरेश रायलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले फागुन १९ गते गिरफ्तार गरेको छ ।
अन्तरजातीय विवाह र दाइजोको कारणले पति, सासू, ससुरालगायत परिवारजनले फागुन १७ गते राति सलले घाँटी कसी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा ससुुरासहित पाँच जनाविरुद्ध फागुन १९ गते उजुरी दिएको मृतकका दाजु मुकेश पोद्दारले बताउनु भयो ।
शवको पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा लगेको र फागुन २० गते हुने जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीले बताउनु भयो ।
घटनाको जानकारी फागुन १८ गते आएको र घटनाको प्रकृति हेर्दा शङ्कास्पद देखिएकाले मृतकका आफन्तहरूलाई खबर गरी फागुन १९ गते किटानी उजुरी लिएको र आरोपित रामनरेशलाई गिरफ्तार गरेको डिएसपी बुढाथोकीले बताउनु भयो ।
अन्य आरोपितहरू ‘फरार’ रहेकाले अनुसन्धानमा बाधा पुग्ने हुँदा नाम सार्वजनिक नगरी दिन डिएसपी बुढाथोकीले अनुरोध गर्नु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…