बुहारीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा ससुराविरुद्ध उजुरी

मुड्ली गाविस-६ की २५ वर्षीया अन्जुदेवीलाई घरेलु हतियार हँसियाले प्रहार गरी घाइते बनाएको आरोपमा ५५ वर्षीय ससुरा प्रभु राउत कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा असोज १७ गते उजुरी परेको छ ।

पीडित महिलालाई असोज १६ गते आरोपितले हँसिया प्रहार गरी घाइते बनाएको आरोपमा पीडित महिलाका पति अम्विका पटेलले असोज १७ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी राजुबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

हँसिया प्रहारबाट पीडित महिलाको टाउकोको बायाँ भागमा चोट लागेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा सात ओटा टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताए । आरोपितलाई असोज १८ गते बिहानसम्म गिरफ्तार गरिएको छैन ।


के.सी.लामिछाने