बुहारीको हत्या गरेको आरोपमा ससुराविरुद्ध उजुरी
चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरलाई हत्या गरेर जङ्गलमा पुर्याई झुण्ड्याएको आरोपमा ५२ वर्षीय तेजबहादुर थापामगर विरुद्ध ०७३ भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
सरितालाई साउन २१ गते आरोपितले कुटपिट गरी हत्या गरेर चौतारा नपा-२ गिदाने स्थित आफेखोला चिसापानी भन्ने जङ्गलको एउटा बुटोमा लगेर झुण्ड्याएको आरोप छ । पीडितको पति वैदेशिक रोजगारीका लागि विदेश गएका बेला सासू र ससुराले सधैजसो कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको माइती पक्षको भनाइ छ ।
सरिताको शव साउन २२ गते बिहान गाउँलेले फेला पारेका थिए । गाउँलेहरूकाअनुसार जीउमा चोटपटक लागेको र आधी शरीर भुइँमा लत्रिएको अवस्थामा शव भेटिएको थियो ।
लासको साउन २२ गते नै चौतारा अस्पतालमा पोष्टमार्टम भएको थियो । पोष्टमाटम रिपोर्टमा मृतकको पेटमा तीन महिनाको गर्भ समेत भएको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।
उनका अनुसार आरोपितलाई गिरफ्तार गर्न प्रहरी घटनास्थल तर्फगएको छ । आरोपितविरुद्ध भोटसिपा गाविस-९ बस्ने सरिताका ४० वर्षीय बाबु ख्यामबहादुर मगरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…
प्रहरीको लाठीचार्जबाट तीन जना घाइते
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा…
नागरिकता विधेयक प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशको निरन्तरता
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले ०८०…