बुबा र आमा गुमाएका बालकहरूलाई इन्सेकको सहयोग
रामेछापको मन्थली नगरपालिका-८, भलुवाजोरका बुबा र आमा गुमाएका बालकहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक ३ गते आर्थिक सहयोग गरेको छ ।
इन्सेकले मानव अधिकार संरक्षण सञ्जाल रामेछाप मार्फत उनीहरूलाई तत्काल राहतको लागि आठ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ तथा इन्सेक जिल्ला प्रतिनिधि नवराज घिमिरेले घरमा नै गएर रकम हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम सञ्जालका संयोजक पाण्डव प्रसाईँले पीडित बालकहरूका माहिलो बुबाका छोरा पदम बसेललाई हस्तान्तरण गरिएको छ ।
गत दशैँको नवमीको दिन आमा गुमाएका चार जना बालकले एक वर्ष नबित्दै पुनः बुबा पनि गुमाएका छन् । बुबा र आमा गुमाएपछि भक्तबहादुर बसेल र गीता बसेकला छोराहरू १८ वर्षका लेखबहादुर बसेल, १६ वर्षका सञ्जीव बसेल, १२ वर्षका सरोज बसेल र आठ वर्षका सन्दीप बसेल बिचल्लीमा परेका हुन् । चार भाइ मध्ये लेखबहादुर र सञ्जीवले बिचमा नै पढाइ छाड्नु भएको छ भने सरोज पाँच र सन्दीप तीन कक्षमा पढ्दै हुनुहुन्छ ।
उहाँहरूलाई तत्काल सहयोगका साथै दीर्घकालीन सहयोग आवश्यक रहेको स्थानीय समाजसेवी शंकर थापाले बताउनु भयो । जसको लागि आफूहरूले प्रयत्न गरिरहेको उहाँले बताउनु भयो ।
‘बुबा र आमा गुमाएका बालकहरूलाई बाँच्नै सङ्कट, पढाइ पनि छुट्ने अवस्था’ शीर्षकमा इन्सेक अनलाइनमा ०८० कात्तिक १ गते फिचर समेत प्रकाशन भएको थियो । उक्त फिचरबाट आफूहरू प्रभावित भइ सहयोगको लागि आएको मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक प्रसाईँले बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…