बुटवलमा अन्दोलन, प्रहरी बिटमा आगजनी, प्रहरीको ढुङ्गा प्रहारबाट कारमा क्षति, एक घाइते
युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा युवा, विद्यार्थीले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनीसमेत गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अहिले बुटवल असान्त बनेको छ । प्रदर्शनकारीले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । जसका कारण सडकमा सयौं गाडीहरू लामबद्ध भएका छन् । शङ्कररनगरमा पनि सडक अबरुद्ध पारेर टायर बालिएको छ ।
प्रदर्शनकारीलाई लक्षित गरी प्रहरीको अक्रमणबाट बा १४ च ४११३ नम्बरको गोबिन्द अधिकारीको कारको सिसा फुट्नुका साथै सो कारमा सवार अनेरास्ववियु रुपन्देही जिल्ला सदस्य दिपक चापागाईँको टाउकोमा चोट लागेको छ । उनको उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको छ ।
मृतकको शवलाई देवदह मेडिकल कलेजबाट लुम्बिनी अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ । अपराधीलाई गिरफ्तार गरी कानुनी कारबाही नगरेसम्म लाश नबुझ्ने र अन्दोलन जारी राख्ने अन्दोलनकारीले जनाएका छन् ।
युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी देवदह नपा-६ खैरेनीका ३९ वर्षीय दुर्गा तिवारीको पुस ४ गते साँढे ३ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
रिमा विसी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…