विस्थापित बालबालिकाका लागि विद्यालय अभाव
उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको विस्थापित क्याम्पमा ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय नहुँदा समस्या भएको छ ।
यहाँका बिस्थापित बालबालिकाहरू नजिकैको चार ओटा विद्यालय नुवाकोटको बिदुर नगरपालिका–१० स्थित रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया आवासिय मावि तथा रसुवाको निलकण्ठ उमावि र ट्रिनिटी आवासिय विद्यालयमा पढ्छन् । उत्तरगया गाउँपालिकाको छेवैमा रहेको क्याम्पमा विद्यालय निर्माण थालनी गरेपनि कसैले रकम नदिएको स्थानीय आशा लामाले बताउनुभयो ।
नेपालको संबिधानले आवासको हक नागरिकको मौलिक हकका रुपमा समेटिएपनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाईहुँदा अझैसम्म अस्थायी टहरामै बस्न बाध्य भएका छन् । बिस्थापित बालबालिकाहरू पढ्नका लागि विस्थापित क्याम्पदेखि घण्टौं टाढा रहेको विद्यालय धाउनु परेको खाल्टे क्याम्पका विद्यार्थीहरूले गुनासो छ ।
वर्षातमा खोला र पहिरो काटेर दिनभर हावाहुरी, वर्षातको झरी, अहिले चिसोमा कुनै पर्वाह नगरी त्रासमा हिंडेर विद्यालय जानुपर्छ भने रातपनि त्रिशूली नदिको छेउमा रहेको खाल्टे क्याम्पमा त्रासदिमै बित्छ । अहिले टिनको छाप्रोमा पनि शितका थोपा झरेर सुत्न निकै कठिन छ । विद्यालयबाट फर्केर छाप्रोमा नआएसमम अभिभावक र आफुहरूपनि त्रासमै रहने विद्यार्थीहरू बताउँछन् ।
उत्तरगया गापाको हाकु र डाडागाउँका २ सय ६९ परिवार खाल्टे क्याम्पमा छन् । वरीपरी पनि अन्यत्रबाट बस्तीहरू स्थानान्तरण गरेर बसेका छन् तर, गाउँ नजिकै विद्यालय छैन । खाल्टे क्याम्पका अगुवा पुर्ण घलेले भन्नुभयो “झण्डै ६ सय विद्यार्थी विस्थापित क्याम्पमा छन् तर यहाँ अझै विद्यालय बनाउने कुनै सुरसार छैन । बालबालिकाहरूको शिक्षाको र आवासको अधिकार पनि अझै सुरक्षित हुन सकेन । खाल्टे क्याम्पमा विद्यालय निर्माण थालेको टहरो देखाउँदै घलेले सुनाउनुभयो खाल्टे क्याम्पका विद्यालय स्थापना गर्ने सपना अधुरै रह्यो ।”
विस्थापित क्याम्पका बृद्धबृद्धा, महिला, वालवालिकाहरू अहिले गर्मीले कष्ठकर जीवन बिताउछन् । विस्थापित क्याम्पका बृद्धबृद्धा, वालवालिकाहरू अहिले माघको ठण्डीले कठिन भएको छ उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित क्याम्पका छेकु लामाले ईन्सेक प्रतिनिधीसँग भन्नुभयो “न आवास न शिक्षाको अधिकार नै सुनिश्चित छ, मानवअधिकारकर्मीहरूले आवाज सरकार समक्ष उठाईदिनु पर्याे” तामाङले भन्नुभयो ।
विनाशकारी भूकम्प गएको पाँच वर्ष बित्न लाग्दा समेत विस्थापित क्याम्पमा विद्यालय स्थापना गर्ने सपना जस्तै भएको उहाँले बताउनुभयो । “कतै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक सङ्ख्या बढि छ, तर यहाँ बिस्थापित बालबालिका पढाउने विद्यालय छैन” स्थानीय बुटी तामाङले भन्नुभयो विस्थापितको निजी आवास पुनर्निर्माणको हुन नसक्दा बिस्थापित समूदायको बस्ती स्थानान्तरण हुन सकेन । क्याम्पमा रहेका सयौं विद्यार्थी पढ्ने विद्यालय छैन । “सानो छाप्रोमा बसेर बिहान बेलुका कसरी गृहकार्यगर्ने उनीहरूको भविष्य अन्यौलमा छ । ” तामाङले भन्नुभयो ।
नेपालको संबिधानको भाग ३ अन्तर्गत मौलिक हकको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ । भाग ४ अन्तर्गत राज्यको निर्देशक सिद्धान्त र नीति उपदफा ञ को छ मा मुक्त कमैया कमलरी, हरूवा, चरुवा, हलिया भूमिहीन, सुकुम्वासी पहिचान गरी उचित बसोवासका लागि घडेरी, जीविकोपार्जनका लागि कृषि योग्य जमिनको ब्यवस्था वा रोजगारीको व्यवस्था गर्द पुर्नस्थापना गर्ने उल्लेख छ । विस्थापित शिक्षा, स्वास्थ्य जस्ता आधरभूत अधिकार रक्षाका लागि राज्यले ध्यान दिन नसकेको खाल्टे क्याम्पका पर्मा लामाले बताउँनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…