बिरामी हुँदा हेलिकप्टरको पर्खाई कि त जङ्गली जडिबुटीकै भर
गाउँमा स्वास्थ्यचौकी भए पनि औषधीको अभावमा जुगल गाउँपालिका–३ तेम्बाथानका नागरिकहरू बिरामी हुँदा उपचारको लागि हेलिकप्टर पर्खेर काठमाडौँ पुग्छन् की त जङ्गली जडिबुटीकै भरमा पर्छन् ।
सामान्य उपचारको लागि त तेम्बाथानमा स्वास्थ्य चौकी छ । नजिक स्वास्थ्य चौकी भए पनि सिटामोल बाहेक अरु औषधी पाइँदैन ।
बिरामी भएकै दिन अस्पताल पुर्याउन कठिनाइ हुन्छ । जानै परे पनि भिरको बाटो दुई दिन लगाएर कात्तिके बजारमा रहेको मेडिकल पुग्नुपर्छ ।
बिरामीलाई तत्काल बोकेर पुर्याउने अवस्था छैन, हेलिकप्टर नै बोलाउनु पर्छ अरु बिकल्प छैन ।
स्थानीय लाक्पा लामा भन्छन् ‘बिरामी पर्दा उपचार गर्न हेलिकप्टर बोलाउनु पर्छ, ऋण गरेर हेलिकप्टरमा बिरामी लगेका गाउँलेले अहिलेसम्म ऋण तिर्न सकेका छैनन् ।’
शेर्पा समुदायको बसोवास रहेको यस गाउँमा सुत्केरी ब्यथा लाग्दासमेत हेलिकप्टर खोज्नुपर्ने कि त जङ्गली जडीबुटीकै भर गर्र्नुपर्ने बाध्यता छ ।
जिल्लाको उत्तरी भेगमा पर्ने जुगल हिमालको फेदीमा रहेको तेम्बाथान गाउँमा पुग्न गाडी पुग्ने बिन्दु बोल्देबाट एक दिनको जङ्गलको उकालो बाटो छिचोल्नु पर्छ ।
सडकले गाउँ नजोडिएका कारण त्यस गाउँमा वर्षादको समयमा आवत जावत गर्न मुस्किल छ ।
बिरामीको उद्धारको लागि हेलिकप्टर बोलाई रहनुपर्ने भएकाले गाउँको सिरानमा रहेको तेम्बाथान आधारभूत विद्यालय नजिकै हेलिप्याड बनाइएको छ ।
तेम्बाथान गाउँका बासिन्दाहरूलाई सरकारी सेवा सुबिधामा समेत सहज पहूँच छैन ।
उनीहरूलाई स्वास्थ्य, शिक्षा पाउन कठिन छ । गाउँमा सडक, बिजुली छैन ।
स्थानीयले गाउँबाट दुई दिन हिँडेर जुगल गाउँपालिका–४ स्थित कात्तिके बजारसम्म आई दैनिक उपभोग्य बस्तु किन्ने गर्दछन् ।
सडक नहुँदा हिँडेरै आउजाउ गर्दा ठाउँठाउँमा खोला, भिरको बाटो, भारी बोकेर कष्टपूर्ण पैदन यात्रा गर्न बाध्यछन् त्याहाँका नागरिकहरू ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…