बिरामीले सिटामोलसमेत पाएनन्, स्वास्थ्य चौकीमा औषधि अभाव
सिञ्जा गाउँपालिकामा रहेको इलाका स्वास्थ्य चौकी नराकोटमा सिटामोलसमेत नपाएर बिरामीहरू रित्तो हात फर्कने गरेका छन् ।
स्वास्थ्य चौकीमा औषधिको अभाव भएका कारणले बिरामीलाई रितो हात फर्काउनु परेको स्वास्थ्य चौकीका इञ्चार्ज प्रेम बमले बताए । 'करिव एक महिनादेखि उपचारका लागि स्वास्थ्य चौकीमा आएका बिरामीलाई पुर्जा लेखिदिएर मेडिकलहरूमा पठाउनु पर्ने बाध्यता रहेको छ ।'-उनले भने ।
सरकारले गुणस्तरीय स्वास्थ्य सेवा दिने नारा घन्काए पनि गाउँका नागरिकले स्वास्थ्य चौकीमा आएर औषधि नपाई रितो हात फर्कनु पर्ने अवस्था रहेको स्थानीय कमला बुढाले दुखेसो पोखिन् । उनले भनिन्-'नाम मात्रको स्वास्थ्य चौकी छ । औषधि किन्न मेडिकल जानु पर्छ । गाउँमा सुत्केरी हुने महिलाले भिटामिन र आइरन चक्की पनि नपाएको धेरै भयो । राम्रो सेवा पाउनु त टाठाबाठाको कुरा हो ।'-उनले भनिन् ।
बिरामी भएको बेला स्वास्थ्य चौकीमा आउँदा सिटामोल समेत नपाइने गरेको उनको गुनासो छ । स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि निशुल्क पाउनुपर्ने व्यवस्था भएपनि यहाँको स्वास्थ्य संस्थामा औषधि नभएको स्थानीयको गुनासो छ ।
स्थानीय सरिता बुढाका अनुसार स्वास्थ्य चौकीमा आउँदा औषधि पाइँदैन बरु मेडिकल गएर औषधि लिन सजिलो हुन्छ ।
गाउँका स्वास्थ्य चौकीमा औषधि अभाव भएको विषयमा कसैले पनि ध्यान नदिने गरेको इञ्चार्ज बमको आरोप छ । स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामी औषधि नपाउँदा रिसाएर जाने गरेको उनको भोगाई छ ।
जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले वर्षो एकपटक औषधि दिने भएका कारणले औषधिको समस्या भएको उनले जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रमुख किरण शर्माका अनुसार चालु आर्थिक वर्षेखि गाउँपालिकाबाट औषधि खरिदका लागि बजेट विनियोजन भएकोले स्वास्थ्यले औषधि पठाउँदैन ।
सिञ्जा गाउँपालिकाका प्रमुख देवलसिंह रावतले स्वास्थ्य चौकीमा आएको औषधि निजी मेडिकलमा जाने भएका कारण अभाव भएको आरोप लगाए । स्वास्थ्य चौकीमा औषधिको अभाव भएको आफूले जानकारी पाएको भन्दै उनले गाउँपालिकाको तत्काल बैठक बसेर निर्णय गरी तुरून्त अभाव औषधिको परिपूर्ति गर्ने उनको भनाई छ ।
सहयोगीको भरमा स्वास्थ्य चौकी
तातोपानी गाउँपालिकास्थित लाम्रा स्वास्थ्य चौकी कार्यालय सहयोगी मुनप्रसाद चौलागाईको भरमा रहेको छ । ६ जना स्वाथ्यकर्मी कार्यरत रहेको स्वास्थ्य चौकीमा १० दिन देखि अन्य कर्मचारी उपस्थित नभएपछि उक्त कार्यालय सहयोगीको भरमा रहेको हो ।
उनले स्वास्थ्य चौकीमा आएका रूघाखोकी र झाडापखला लागेका सामान्य बिरामीलाई सिटामोल र जीवनजल दिने काम गरिरहेका छन् भने अन्य बिरामीलाई अन्य स्वास्थ्य संस्थामा 'रिफर' गर्ने गरेका छन् ।
उनले भने'-अरू स्वास्थ्य कर्मचारी कोही पनि कार्यालयमा आएका छैनन् ।' किन आएनन् भन्ने आफूलाई जानकारी नभएको उनले बताए ।
प्रत्येक दिन २० देखि ३० जना बिरामी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षणका लागि आउने गरेको कार्यालय सहयोगी मुनप्रसादले बताए । उनका अनुसार स्वास्थ्य चौकीमा झाडापखाला, रूघाखोकी, दम, ज्वरो र टाउको दुख्ने बिरामी आउने गरेका छन् ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…