बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड
उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ ।
दोलखा भीमेश्वर नगरपालिका-५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षीया उषा बस्नेतको उपचारका क्रममा गएराति मृत्यु भएको विषयलाई लिएर असार ७ गते अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो ।
मृतकका आफन्तले घुम्न निस्किँदा छाती सामान्य दुखेर स्वास्थ्य परीक्षण गर्न आएको बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले लगाएको छ ।
मृतकका पति रामकृष्ण बस्नेतले भने-“हिजो साँझ एकैछिन घुम्न जाउँ भनेर गठ्ठाघरतिर घुम्न निस्किएका थियौँ । उनले छाती दुःखेजस्तो भयो भनेपछि एकपटक चेक गराऔँ भनेर अस्पताल आएका थियौँ । तर, अस्पतालकै लापरबाहीका कारण उनको ज्यान गयो ।”
अस्पतालले हृदयघात (हार्टएट्याक) का कारण बिरामीको मृत्यु भएको दावी गरेको छ । अस्पतालका निर्देशक सुरेश श्रेष्ठले भने-“छाती दुख्यो भनेर आएको बिरामीको उपचारकै क्रममा अचानक एमआई हार्टएट्याक भयो, मुटुरोग विशेषज्ञसहित सात जनाको चिकित्सक टोलीले एकघण्टा लगाएर प्रयास गर्दा पनि बिरामीलाई बचाउन सकिएन ।”
अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी), ओपिडि, नगद काउन्टर, नर्सिङ स्टेसन, क्यान्टिनको सिसा तोडफोड गर्नुका साथै हाजिरी मेसिन, भिजिटर बेञ्च र कम्प्युटर तोडफोड गरेको अस्पतालका निर्देशक श्रेष्ठले बताए ।
तोडफोड गर्नेहरूले अस्पतालका डाक्टर, नर्स र कर्मचारीलाई समेत हातपात गरेको बताउँदै उनले इमरेजन्सी र ओपिडीमा रहेका बिरामीमा केही बेर भागदौड मच्चिएको समेत बताए ।
प्रहरीलाई हिजोदेखि नै सुरक्षाको व्यवस्था गरिदिन पटकरपटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण अस्पतालमा धेरै क्षति भएको कर्मचारीको गुनासो छ । महानगरीय प्रहरी वृत्त थिमिको टोली नजिकै भए पनि समयमै सुरक्षा नदिएको र तोडफोड सकिएपछि प्रहरी आएको अस्पताल प्रशासनले आरोप लगाएको छ । तोडफोडपछि अस्पतालको आकस्मिक कक्ष बन्द गराएर प्रहरीले सुरक्षा दिएको छ ।
सविना केसी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…