बिज्याईकर्ता बालकविरुद्ध उजुरी दर्ता

  ०८१ जेठ ३२ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा ०८१ जेठ ३० गते उजुरी दर्ता भएको छ । आरोपितविरुद्ध जिल्ला अदालतबाट जेठ ३१ गते पक्राउ पुर्जी जारी भएको छ ।

आरोपित बालकले वैशाख १३ गते बिज्याई गरेको पीडितका हजुरबुबाले देखेपछि नियन्त्रणमा लिन खोज्दा बालक फरार भएका छन् । गाउँमा घटना मिलाउन पञ्चायती बसेकोमा कुरा नमिलेपछि पीडितका हजुरबुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २२ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण सिरहाको लहान नगरपालिका-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा २२ गते भएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार पीडित बालिका गर्भवती छिन् ।

गाउँलेहरूका अनुसार पञ्चायतीमा कुरा नमिलेर पीडित पक्ष प्रहरी कार्यालय जाने भएपछि बालक फरार भई भारततर्फ लुकेर बसेका छन् ।


मनोहरकुमार पोखरेल