बिजयनगर गाउँपालिकामा मतगणना स्थगित

  ०७९ जेठ ३ गते

बिजयनगर गाउँपालिकामा मतगणना जेठ १ गते देखि स्थगित भएको छ ।

जेठ १ गते दिउँसो वडा नम्बर २ को मतगणना सुरू गर्दा वडा नम्बर ६ को मतपेटिकामा भएका मत पत्र  मिसिएपछि मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनु भयो ।

उक्त गाउँपालिका– १ र ७ को मतगणना सकिएपछि वडा नम्बर २ को मतगणना सुरू गर्दा २ र ६ मा आधारभूत विद्यालय लेखिएको र मतपेटिकामा सिल गरिएको नम्बर नहेरी मतपेटिका खन्याउदा  २ र ६ को मतपत्र मिसिन गएको हो । मतपेटिका खोल्नु र मिसाउनु भन्दा पहिला राजनितीक दल तथा सर्बदलीय रोहवरमा मतपेटिका खोलिएको निर्वाचन अधिकृत भविश्वर पाण्डेले बताउनु भयो ।

उक्त समस्याको समाधानको विषयमा निर्वाचन आयोगमा पत्र पठाइ सकिएको छ । आयोगबाट कुनै आदेश नआउञ्जेलसम्म मतगणना स्थगित गरिएको छ ।

मतगणना भइरहेको बिजयनगर गाउँपालिकाको सभाहल सिल गरिएको मुख्य निर्वाचन अधिकृत सापकोटाले जानकारी दिनु भयो ।


पार्वती आचार्य