बाल सुधार गृहमा झडप, एक जनाको मृत्यु १० जना घाइते
डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहमा असोज ४ गते राती झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देही जिल्लाका १८ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।
झडपमा घाइते भएका केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बाल सुधार गृहमा रहेका बालकहरूको एक आपसमा राती विवाद हुँदा झडप भएको बाल सुधार गृहकी प्रमुख बिमला काउचामगरले बताउनु भयो । घाइतेहरूको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको रहेको छ ।
शवको पोष्टमार्टम अहिलेसम्म गरिएको छैन ।
घटनाका सम्बन्धमा इन्सेकलगायत संघ संस्थामा आवद्ध अधिकारकर्मीहरुले सुझावसहित ध्यनाकर्षण जनाएका छन् ।
बालसुधार गृहमा पछिल्ला दिनहरुमा बालकहरुको मृत्युसम्मका घटना हुनु दुखद पक्ष रहेको, समयमै सुधार गृहमा रहेका बालकहरुको बालमनोबिज्ञान बुझ्न नसक्नु, सुरक्षास्थिति सुरक्षाकर्मीको काबु बाहिर जानु, सुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिनु, मापदण्ड अनुसार बालसुधार गृह संचालन हुन नसक्नु, सुधार गृहमा रहेका बालकहरुका लागी शिक्षा तथा सिप बिकास तालिमको ब्यवस्था हुन नसक्नु, बालन्यायको उद्धेश्य अनुसार बालकहरुको आचरणमा सुधार र उनीहरुको पुनर्स्थापनामा समयमै सरकारको ध्यान नपुग्नु घटना निम्ताउने कारणहरु रहेको अध्ययन अनुगमनबाट भेटिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…