बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई बालविवाहमा १ महिना र बहुविवाहमा ७ महिना गरी ८ महिना कैद सजाय भएको हो । यसैगरी बाल विवाह तथा बहु विवाह कसुरमा आरोपितलाई पाँच हजार रुपियाँ जरिवाना तिराउने र दई सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा भराउने फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
आरोपितकी जेठी पत्नी ३५ वर्षीया पवनकुमारी यादवले जिल्ला प्रहरी कार्यालयमा ०७९ असोज २७ गते उजुरी दिनुभएको थियो । घरबाट ०७९ असोज २२ गते निक्लिएका आरोपितले असोज २६ गते दोस्रो विवाह गरेको फोटो र भिडियो पठाए पछि पीडितले थाहा पाउनुभएको थियो । राजविराज नगरपालिका–८ रुपनी मोडबाट असोज ३० गते आरोपितहरू गिरफ्तार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयले ०७९ असोज ३१ गते बहुविवाहको उजुरी दर्ता गरेको थियो । आरोपितले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बहुविवाह गरेको स्विकार गरी अदालतमा वयान दिए । जिल्ला अदालतमा कात्तिक २२ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश रमेशप्रसाद ज्ञवालीको आदेशमा आरोपित जितेन्द्र कात्तिक २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । सामाजिक परम्पराअनुसार १३ वर्ष अघि विवाहिता पीडिततर्फ दुई छोरा छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…