बाल विवाह घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ६ गते

१५ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई बाल विवाह गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका २३ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई कात्तिक ३० गतेदेखि घरमा लिएर पत्नी तुल्याएको भन्दै मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।

घटनाको विषयमा अनुसन्धान चलिरहेको इन्स्पेक्टर सुनारको भनाइ छ ।


अमर सुनार