बाल विवाह घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया  बालिकालाई  बालविवाह गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका– ८ का २७ वर्षीय रेमबहादुर हौजाली मगरलाई साउन १४ गते गिरफ्तार गरेको छ ।

 पीडितलाई आरोपितले ०८० साउन ९ गते भारत लैजान लागेको अवस्थामा माइती नेपाल, कृष्णनगर, कपिलवस्तुको सहयोगमा पीडित पक्षले आरोपितविरूद्ध साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीको आधारमा आरोपित र पीडित बालिकालाई थप अनुसन्धानका लागि साउन १४ गते जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बिक्रम रिजालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको छ ।

 


कूलबहादुर नेपाली