बाल विवाह घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ १३ गते

१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा दुल्लू नगरपालिका–२ नाउलेकटुवालका २४ वर्षीय दिनेश थापालाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ ।

बालिकालाई घुम्न जाऊँ भनी फकाई झुक्याएर माघ ७ गते विवाह गरेको भन्दै पीडित पक्षले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको इन्स्पेक्टर सुनारको भनाइ छ ।


अमर सुनार