बाल विवाह घटनाका आरोपितलाई १५ दिन कैद सजायको फैसला
१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको कसुरमा जिल्ला अदालत तनहुँले विवाह गर्न खोज्ने गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याल, उनका बुवा भानुभक्त अर्याल, विवाह गराउने पण्डित व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराई, बालिकाका बाबु र आमालाई १५ दिन कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गाानाको ०७८ माघ ३ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितहरुलाई १५ दिन कैद र जनही ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।
पीडितसँग ०७७ असार २४ गते विवाह गर्न खोजेको आरोपमा आरोपितहरुलाई प्रहरीले विवाह मण्डपबाटै गिरफ्तार गरी सोही दिन सबैविरूद्ध देवानी फौजदारी संहिताको विवाहसम्बन्धी कसुर शीर्षक अन्तरगत मुद्दा जिल्ला अदालतमा दर्ता गरेको थियो ।
गिरफ्तार गरिएका मध्ये आरोपित सन्तोषलाई ५० हजार रुपियाँ, बालिकाका बाबु र भानुभक्तलाई जनही २० हजार तथा पण्डित भट्टराई र बालिकाको आमालाई जनही ५ हजार रुपियाँ धरौटीमा रिहा गर्न अदालतले साउन १ गते आदेश दिएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…