बाल विवाह कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बाल विवाह गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रूपियाँ जरिवाना गरेको छ ।
बालिकााई ०७८ कात्तिक २६ गते सुर्खेतबाट प्रलोभनमा पारेर विवाह गरेको भन्दै पीडित पक्षको उजुरीका आधारमा उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट भएको उक्त फैसलामा उनी आफै अन्जान भएको कारण सुध्रिने मौकासहित बालिकालाई तीन महिना कैद र २५ सय रूपियाँ जरिवाना तोकिए पनि सजाय स्थघन गरेर अविभावकसँग बस्न पाउने फैसला भएको श्रेस्तेदार कार्कीले बताउनुभयो ।
बाल विवाह भएको एक सातामा बालिकाका आफन्तले मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीपछि प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले मङ्सिर २३ गते दैलेख जिल्ला अदालतमा बाल विवाह कसुरमा अभियोग पेश गरेको थियो ।
अभियोग सम्वन्धमा मङ्सिर २७ गते बसेको बाल इजलासमा भएको थुनछेक बहसपछि न्यायाधीश लामिछानेले सो फैसला गर्नुभएको हो ।
अमर सुनार
सम्बन्धित समाचारहरू
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…
रोल्पा कारागारमा एक जना कैदीद्वारा झुण्डिएर आत्महत्या
रोल्पा कारागारमा अपराधिक लाभ मुद्दामा कैद भुक्तान गरी रहेका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयबिक्रम शाह जेठ ४ गते झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जेठ…