बाल विवाहको पीडा भोग्दै कालिका !
तातोपानी गाउँपालिका–२ गोबथाडाकी २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो । साथीको लहलहैमा लागेर उनले १४ वर्षको कलिलै उमेरमा भागी बिहे गरेको बताइन् ।
अहिले उनी तीन सन्तानकी आमा बनेकी छन् । बिहे गरेको दुई वर्ष अर्थात १६ वर्षको उमेरमै उनले पहिलो सन्तानका रूपमा छोरी जन्माइन् ।
अहिले कालिकासँग आठ, पाँच र एक वर्षकी छोरी छन् । २४ वर्षमै तीन सन्तानको आमा बनेकी कालिकाको बिहेपछि पढाइ त रोकियो नै, स्वाथ्यमा समेत असर पुगेको छ । उनी भन्छिन्–‘सानैमा बिहे गरेर बन्धनमा परियो, अहिले पीडाले थलिएकी छु ।’
तीन सन्तानले मात्र पुगेको छैन, छोरा जन्माउनै पर्ने पारिवारिक दबाब उनी माथि छ । जसका कारण उनको मानसिक अवस्था कमजोर बन्दै गएको छ ।
‘हामी महिलाले सधैँ अर्काकै चाहाना पूरा गर्नुपर्ने ? मर्न लागे पनि कसैलाई वास्ता छैन । जिन्दगी मेरा लागि बोझ भइसक्यो ।’–उनले दुखेसो पोखिन् ।
बिहेपछि कालिकाका पति कृष्ण डाँगीको पढाइमा पनि पूर्णविराम लाग्यो । उनलाई बालबच्चा हुर्काउनै समस्या छ । पति पाटनमा भेडा चराउने गर्छन् । कालिकालाई तीन छोरी लिएर घर धान्न मुस्किल छ ।
सरकारी सेवाबाट वञ्चित
बालविवाह गरेकै कारण कालिकाको विवाह दर्ता भएको छैन । विवाह दर्ता नभएकै कारण नागरिकता समेत बन्न पाएन ।
नागरिकता नपाएपछि झण्डै आठ वर्षसम्म उनले महिलाले पाउने सरकारी सुविधाबाट समेत वञ्चित हुनुपर्यो ।
नागरिकता नहुँदा उनकी जेठी छोरी पुष्पा र माइली छोरी कविताको समयमै जन्म दर्ता समेत बनेन । छोरीको जन्मदर्ता नहुँदा सरकारले कर्णालीका बालबालिकालाई दिँदै आएको बालपोषण भत्ताबाट समेत दुवै छोरी वञ्चित भएको कालिकाको गुनासो छ ।
बढ्दै किशोरी आमा
हतारमा बिहे गर्ने र उमेर नपुगी बच्चा जन्माउनको सङ्ख्या जुम्लामा बढेको छ । तातोपानी गाउँपालिका–६ हियाँखोला बस्तीमा एक दर्जन बढी विवाहिता किशोरी छन् ।
एक अध्ययन अनुसार तातोपानीको–४ हाँकु जिल्लाकै बढी बालविवाह हुने ठाँउ हो । वडाध्यक्ष धीरज जैसीले बालविवाह गर्नेलाई सरकारी सेवाबाट वञ्चित गराउनुका साथै न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…