बाल विवाहको कसुरमा एक वर्ष कैदको फैसला

  ०७८ मङ्सिर २१ गते

१५ वर्षीया बालिकालाई विवाह गरेको कसुरमा घोराही उप–महानगरपालिका–१० का १९ वर्षीय विशाल परियारलाई जिल्ला अदालतले एक वर्ष कैदको फैसला गरेको छ ।

पीडितलाई आरोपितले ०७७ पुस २६ गते विवाह गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा  पुस २७ गते उजुरी दिएका थिए ।

जिल्ला न्यायाधीश डिल्लीराम अर्यालको इजलासले बाल विवाह ठहर गर्दै मङ्सिर २० गते आरोपितलाई  एक वर्ष कैद र १० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७७ पुस २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा  गरिएको थियो ।

16 days campaignNepali


जयनारायण पुन