बाल क्लब सञ्जालको सक्रियतामा बालविवाह रोकियो
स्थानीय बाल क्लब सञ्जालले १४ वर्षीया बालिका र १६ वर्षीय बालकबिच चैत १६ गते भएको विवाह बदर गर्न र आरोपितलाई कारबाहीको माग गर्दै प्रहरी चौकी नाग्ममा उजुरी दिएपछि प्रहरीको सहयोगमा बालविवाह रोकिएको छ ।
चैत १६ गते बालबिवाह भएको आरोपमा उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरी चौकी नाग्मका इञ्जार्ज गौरव अधिकारीले बताए ।
बालविवाह भएको थाहा पाएपछि स्थानीय बाल क्लब सञ्जालले प्रहरी चौकीमा उजुरी दिएको र प्रहरी चौकी नाग्मको पहलकदमीमा भइसकेको बालविवाह 'रोकिएको' बाल विकासमा काम गर्दै आएका प्रकाश शाहीले बताए । 'बालबिवाह भएको थाहा पाएपछि स्थानीय बाल क्लब सञ्जालको सहयोगमा प्रहरीमा उजुरी गरेका थिए ।'-उनले भने-'प्रहरीको रोहवरमा नै बालविवाह रोकिएको छ ।'
बालविवाह एउटा समस्याका रूपमा नै आएको बालविवाह रोक्न स्थानीयको सहयोगमा बालविवाह रोकिएको प्रहरीले जनाएको छ । 'हामीले स्थानीय बाल क्लब सञ्जालको सहयोगमा बालविवाह रोकेका छौँ ।'-शाहीले भने-'बालविवाह रोक्न अहिले गाउँका बालबालिका नै सक्रिय हुन थालेका छन् ।'
कालिबहादुर मल्ल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…