बाल इजलास नहुँदा न्याय सम्पादनमा अप्ठ्यारो
तनहुँ जिल्ला अदालतमा बाल इजलास नहुँदा बालबालिका सम्बन्धी मुद्दामा न्याय सम्पादनमा अप्ठ्यारो परेको छ । बाल इजलास नहुँदा कहिले बैठक कक्षमा, कहिले न्यायाधीशको चेम्बरमा त कहिले कता राखेर इजलास चलाउनु परेको तनहुँ जिल्ला अदालतका न्यायाधीश कमलराज बिष्टले बताउनु भयो ।
बाल इजलासमा मुद्दाको बहस भइरहँदा आरोपितलाई इजलासमा राख्न नपाइने हुँदा सो क्रममा आरोपितलाई राख्ने स्थानको पनि अभाव भएको न्यायाधीश बिष्टले बताउनु भयो । अदालतको भवन साँघुरो र कोठाको अभाव भएको कारण बाल इजलास चलाउन समस्या परेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले बताउनु भयो ।
तनहुँ जिल्ला अदालतमा आर्थिक वर्ष ०८०/८१ मा बालबालिका प्रतिवादी भएको मुद्दा ७५ थान दर्ता भएकोमा ६१ ओटा मुद्दा फैसला भई १४ ओटा मुद्दा बाँकी रहेको स्रेस्तेदार पौडेलले बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…