बाल अधिकार अनुगमन जिल्ला समिति गठन
स्थानीय तह निर्वाचनका लागि काठमाडौँ जिल्लामा बाल अधिकार अनुगमन जिल्ला समिति गठन गरिएको छ । जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले सो समिति गठन गरेको हो ।
जिल्ला बालकल्याण समिति, जिल्ला समन्वय समिति, काठमाडौँ महानगरपालिका, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिविनका प्रतिनिधि रहने गरी पाँच सदस्यीय जिल्ला बालअधिकार अनुगमन समिति गठन गर्ने निर्णय भएको हो । बैठकले समितिको फोकल पर्सन जिल्ला बालकल्यण समितिकी देवकी आचार्यलाई चयन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा जिल्ला बालकल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दवाडीले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई जोखिमका कार्यमा प्रयोग गर्न सक्ने भएकोले सो कार्यको अनुगमन गर्नु पर्ने बताए ।
निर्वाचनका क्रममा बालबालिकालाई बढी प्रयोग गर्न सक्ने हुनाले बालबालिकाको अधिकारका लागि सबैले सहकार्य गरेर अनुगमन गर्नु पर्नेमा उनले जोड दिए ।
बालकल्याण अधिकारी एवम् महिला विकास अधिकृत काठमाडौँकी प्रमुख अनिता अधिकारीले स्थानीय तह निर्वाचनका क्रममा पर्चा-पम्पलेट टाँस्न, र्याली, जुलुसलगायतमा बालबालिकाको प्रयोग हुन सक्ने हुनाले त्यसको प्रभावकारी अनुगमन आवश्यक रहेकोले जिल्ला स्तरीय बाल अधिकार अनुगमन समिति गठन गर्नु परेको बताइन् ।
यसैबीच सो बैठक तथा छलफल कार्यक्रममा जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दवाडीले काठमाडौँका बालबालिकाको स्थिति प्रतिवेदन-२०७३ सार्वजनिक गरे ।
प्रतिवेदनमा ०७२ वैशाख १२, १३ र २९ गते गएका विनाशकारी भूकम्पका कारण काठमाडौँ जिल्लामा ३ सय २० जना बालबालिकाको ज्यान गएको उल्लेख छ । भूकम्पका कारण १ हजार ९६ जना बालबालिका घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…