बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो
सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ ।
जिल्ला बाल क्लब सञ्जालको आयोजनामा राजविराजमा प्रभातफेरी गरी जिल्ला विकास समितिको सभाकक्षमा पुरस्कार वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बालिका दौड प्रतियोगिता, निबन्ध प्रतियोगिता, नाटक प्रतियोगिताका विजेता, उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।
बालश्रम, बालविवाह, बालबालिकाविरूद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहिलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयनमा सञ्जालका अध्यक्ष अमर यादव, सञ्जालका राष्ट्रिय अध्यक्ष सुरेश गुप्तालगायतका बालबालिकाहरूले जोड दिए ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८९ नोभेम्बर २० तारिखका दिन बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । नेपालले यो महासन्धिलाई सन् १९९० सेप्टेम्बर १४ का दिन हस्ताक्षर गरी अनुमोदन गरेको हो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…