बालिका हत्या बारे राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

  ०७३ पुस २१ गते

लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादव हत्याको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ ।

मङ्सिर २१ गते बिहानै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन गएकी बालिकाको हत्या भएको थियो । बालिकाको हत्या भएको एक महिना बित्दा पनि हत्यारा पत्ता नलागेपछि आयोगले अनुसन्धान सुरु गरेको आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक झङ्करबहादुर रावलले बताए । हत्या भएको लामो समयसम्म घटनाको सत्यतथ्य पत्ता नलागेपछि पीडितका आफन्तले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरमा उजुरी गरेपछि अनुसन्धान सुरु गरिएको उनले बताए ।

पुस २१ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल र प्रहरी प्रमुख पोषराज पोखरेलसँग घटनाबारे सोधपुछ गरेको रावलले बताए ।

घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय विराटनर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । बालिकाको हत्या सामूहिक बलात्कार पछि गरिएको स्थानीयले आशङ्का गरेका छन् ।


शेखर ढकाल