बालिका हत्या घटनाका आरोपित गिरफ्तार
लाम्रा गाविस–७ धौलापानीगाउँकी १७ वर्षीया मन्नु न्यौपानेको हत्या गरेको आरोपमा दैलेख जिल्ला तोलीजैसी गाविस–५ का २३ वर्षीय केशव शाहीलाई प्रहरीले ०७३ भदौ ३० गते गिरफ्तार गरेको छ ।
पीडित मन्नुलाई शाहीलगायत पाँच जना बालबालिकाले हत्या गरेको भन्दै मृतकका आफन्तले भदौ ३० गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा किटानी जाहेरी दिएका छन् ।
पीडित पक्षको जाहेरीपछि केशव शाहीलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर दिलबहादुर थापामगरले बताए ।
उनले भने–‘हत्या गरेर तिला नदीमा फालेको आशङ्कामा आफन्तद्वारा किटानी जाहेरी दर्ता गरेको र अन्य आरोपितको खोजतलास भइरहेको छ ।’ उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मृतकका आफन्त आदिप्रसाद न्यौपानेले कामको सिलसिलामा कालिकोट र जुम्ला जिल्लाको सीमानामा पर्ने नाग्मबजारमा गएको अवस्थामा भदौ १९ गते मन्नुको हत्या गरी तिला नदीमा लास फालेको आरोप लगाए । याे समाचार तयार पार्दासम्म पनि लास नभेटिएको मृतकका आफन्त आदिप्रसादले जानकारी दिए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…