बालिका हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका‒२ की २१ महिनाकी युनिसा उराउको हत्या गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका‒२ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया सङ्गीतालाई गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितद्धयले हत्या गरी रङ्गेली नगरपालिका‒२ मा पैनीमा गाडिएको अवस्थामा पुस ३ गते बालिकाको शव भेटिएपछि अनुसन्धानका लागि नाताले फुपु र भिनाजु पर्ने आरोपितद्धयलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय रङ्गेलीका असई धिरेशकुमार मण्डलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
मङ्सिर २६ गते घरबाट हराएकी बालिकाको शव मङ्सिर २८ गते पैनीमा गाडिएको अवस्थामा फेला परेपछि फुपु र भिनाजुलाई गिरफ्तार गरेको मण्डलले बताउनु भयो ।
मङ्सिर २६ गते घरबाट हराएकी छोरीको विषयमा सोही दिन इलाका प्रहरी कार्यालय रङ्गेलीमा खबर गरेको मृतकका बाबु चन्द्र उराउले बताउनु भयो ।
बालिका धेरै रोएकाले चुप लगाउन हिर्काउँदा भर्याङ्गबाट खसेर बालिकाको मृत्यु भएपछि लास पैनीमा गाडेको आरोपितले प्रारम्भिक अनुसन्धानमा बताएको प्रहरीले जनाएको छ ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा पुस ४ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।
शवको पोष्टमार्टम कोशी अस्पतालमा मङ्सिर २९ गते गरिएको छ । पीडित पक्षले सोही दिन शव बुझी नगरपालिका‒२ स्थित कसेनी नहरमा सद्गत गरेको छ ।
अर्जुन दर्जी
सम्बन्धित समाचारहरू
बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीलाई सास्ती
बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीले सास्ती व्यहोर्नु परेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एस बी आई बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेकाे छ । जिल्ला…
डेंगु रोगका बिरामी बढ्दै, अस्पतालमा ४० प्रतिशत भन्दा बढी डेंगुका बिरामी
पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेंगु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला…
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…