बालिका हत्या घटनाका आरोपित गिरफ्तार
लालबन्दी नपा–१७ रानिगन्जकी १७ वर्षीया प्रियङ्का भुजेललाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई भदौ २ गते गिरफ्तार गरेको छ ।
साउन ३१ गते राति ९ बजेदेखि हराएकी प्रियङ्काको शव घरदेखि करिब तीन किलोमिटरको दुरीमा रहेको कालिन्जोर खोला किनारमा पुरिएको अवस्थामा भदौ २ गते फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर निर्मल थापाले बताउनु भयो ।
छोरीलाई सामूहिक बलात्कारपछि हत्या गरेर लालबन्दी नपा–६ स्थित कालिन्जोर खोलामा गाडिएको मृतकका बुबा राजन भुजेलको आरोप छ ।
घटनमा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयले साउन २ गते करिब ३ घण्टा पुर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए । पोस्टमार्टमका लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवामा शव राखिएको छ ।
पीडित बालिकालाई आरोपितद्वयले हत्या गरी शवलाई कालिन्जोर खोलामा गाडेको स्वीकार गरेको र शव पोष्टमार्टमको रिपोर्ट आएपछि अनुसन्धान कार्य अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…