बालिका हत्या घटनाका आरोपित गिरफ्तार
अछाम जिल्ला मंगलसैन नगरपालिका–३ की एक वर्षीया बालिका गिता साउदलाई हत्या गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–१ नाउलीका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई ०८१ मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।
बालिकाको ०७१ मङ्सिर २ गते हत्या गरेको भन्दै बालिकाकी आमाले आरोपित विरुद्ध सोही दिन मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्रसिंह ठकुन्नाले बताउनु भयो ।
आरोपित बोहराले ०८१ भदौ २२ गते अछाम जिल्ला मंगलसैन नगरपालिका–३ का प्रेम साउदकी पत्नी मनकली साउदलाई भगाएर विवाह गरेको र मनकलासँगै उहाँकी एक वर्षीया छोरी गितालाई पनि साथमा लिएर आएका स्थानीय कलक बोहराले बताउनु भयो ।
मदिरा सेवन गरेर आएका बोहरा र पत्नी मनकलाको पारिवारिक बिबाद भएपछि आक्रोसमा आएका बोहराले सौतेली छोरी गितालाई पनि कुटपिट गरी हत्या गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको इन्स्पेक्टर ठकुन्नाले बताउनु भयो ।
शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल, बझाङमा राखिएको छ ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…