बालिका हत्या आरोपमा गिरफ्तार
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया बालिका रञ्जीता दाहालको हत्या आरोपमा प्रहरीले रावावेशी गाउँपालिका–५ का २५ वर्षीय अनन्त विकलाई माघ ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिका माघ १ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । माघ २ गते बालिकाको लास घर नजिक खन्यूको बोटमा पाँसो लगाएको चुडिँएर जमिनमा बजारिएको जस्तो अवस्थामा भेटिएको थियो ।
महेन्द्र माध्यमिक विद्यालय हलेसीमा कक्षा–१० मा अध्ययनरत बालिकाको घटनास्थल मुचुल्काका आधारमा आत्महत्या नभई शङ्कास्पद घटना भएकाले पीडितका ४४ वर्षीय रामकुमार दाहालले आरोपितविरूद्ध माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ६ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मुकारुङले बताउनु भयो ।
शवको पोष्टमार्टम माघ ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।
सोही दिन शव बुझी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ स्थित मेवा खोलामा सद्गत गरेको पीडितका बाबु रामकुमार दाहालले बताउनु भएको छ ।
तारानाथ फुयल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…