बालिका र महिला कुटपिट घटनाको छानविनका लागि तीन सदस्यीय समिती गठन
तुलसीपुर उप–महानगरपालिका– ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी बस्नेतकी पत्नी २७ वर्षीया मीना भण्डारी बस्नेत र पाँच वर्षीया छोरी एन्जिला बस्नेतलाई लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले कुटपिट गरेको घटनाको छानविन गर्न असार १ गते तीन सदस्यीय छानविन समिती गठन गरेको छ ।
लुम्बिनी प्रदेशमा असार १ गते बसेको मन्त्री परिषदको बैठकले राज्यमन्त्री विमला वलीको घटनाबारे छानविन गर्नका लागि लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा महिला बालबालबालिका, कानुन तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती मगर, प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदी रहने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनु भयो ।
आरोपित वली जेठ ३१ गते अंग रक्षकसहित झण्डावाल गाडीमा बस्नेतको घरमा पुगेर कुटपिट गरेको आरोपमा प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयमा रहेकी वलीलाई मानसिक पीडा भएर एक्कासी बेहोस भएको अवस्थामा जेठ ३१ गते राति उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह बिकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनु ऐएको छ ।
मीना बस्नेतले राज्यमन्त्री वलीविरूद्ध जेठ ३१ गते इलाका प्रहरी कार्यालय तुल्सीपुरमा उजुरी दिनुभएको थियो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…