बालिका बेच्न लगेको आरोपमा दुई गिरफ्तार, पाँच बालिकाको उद्धार
लिखु गाउँपालिका–३ सूर्यमतिका पाँच जना बालिकाहरूलाई विक्रीको लागि सुर्खेत पुर्याएको आरोपमा प्रहरीले लिखु गाउँपालिका–४ चौघडाका २४ वर्षीय विकाश प्याकुरेल र १६ वर्षीय बालकलाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तर्गत कात्तिक २५ गते मुद्दा दायर गरेको छ । प्रहरीले बालकलाई कात्तिक २४ गते र प्याकुरेललाई कात्तिक २५ गते गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपितद्वयले तिहारको भैली खेल्न निस्केका १३ देखि १६ वर्ष उमेरका पाँच जना बालिकालाई कात्तिक २१ गते राति ललाइफकाई सुर्खेत पुर्याएका थिए ।
परिवारको मौखिक उजुरीका आधारमा खोलतलास गर्दा कात्तिक २४ गते सुर्खेत जिल्ला भेरीगङ्गा नपा–१२ छिन्चुका निर्मल विकको घरबाट बालिकाहरूलाई उद्धार गरी नुवाकोट ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले बताए ।
उद्धार गरिएका बालिकाहरूलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…
जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु
कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ । पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१…