बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई कैदका साथै ४० हजार रुपियाँ जरिवाना तिराउने, ४० हजार रुपियाँ क्षतिपूर्ति भराउने र १ हजार ३ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने फैसला भएको छ ।
बालिकाहरूलाई ०७७ कात्तिक १० गते आरोपित सहित शम्भुनाथ नगरपालिका–५ ट्राफिक चोकका १८ वर्षीय ओमप्रकाश चौधरीले बिक्रीगर्ने उद्देश्यले भारत लगेको भन्दै पीडितहरूका बुबाहरूले ०७७ कात्तिक १६ गते संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपितहरूले कात्तिक १० गते राति पीडितहरूलाई राजविराज नगरपालिका–७ बाट शम्भुनाथ नगरपालिका–५ ट्राफिक चोकस्थित आरोपित चौधरीको सानी आमाको घरमा ल्याएर राखेको र कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाई भारतको बिहार मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्रामपञ्चायत करियौत लगेको पीडितहरूले बताउनु भयो ।
करियौतका स्थानीयवासीले शंकालागी सोधपुछ गर्दा आरोपितहरू फरार भएपछि उनीहरूले पीडितहरूको परिवारका सदस्यहरूलाई सम्पर्क गरी ०७७कात्तिक १६ गते जिम्मालगाएकाथिए । पीडितहरूको उद्धार भई घर फर्किए पछि उनीहरूको बुबाले संयुक्त रूपमादिएको उजुरी जिल्लाप्रहरी कार्यालयले ०७७कात्तिक १६ गते दर्ता गरेको थियो ।
बेचबिखनगर्न भारत लगेको आरोपमाप्रहरीले आरोपित १६ वर्षीय बालकलाई ०७७कात्तिक १४ गते गिरफ्तार गरेकोमा मङ्सिर ८ गतेको आदेशले आरोपित बालक बालसुधार गृह बिरगञ्जमा थिए । उच्च अदालत जनकपुर राजविराज इजलाशको आदेशमा बालक ०७८ असार ३ गते रिहाभएका छन् ।
अर्का आरोपित चौधरी फेला नपरेकाले उनीविरुद्धको मुद्दा चैत ७गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…