बालिका बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

  ०७३ मङ्सिर २३ गते

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित दाहा गाविस-४ का ५८ वर्षीय नमराज शाहीलाई मङ्सिर २२ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ ।

बालिकालाई कात्तिक १८ गते बलात्कार गरेको भन्दै सोही दिन पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै जिल्ला अदालत कालीकोटले मङ्सिर १७ गते २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलालाई तत्काल कार्यान्वयन गर्न दोषीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटले गिरफ्तार गरी जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तथा सूचना अधिकारी टेकबहादुर जोराले बताए ।


कालीबहादुर मल्ल