बालिका बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-२ खाम्लालुङका ५६ वर्षीय चक्रबहादुर फोम्बोलाई साउन १५ गते खाम्लालुङको जङ्गलमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ९ गते प्रहरीमा उजुरी दिएपछि उनी फरार रहेका थिए ।

आरोपितलाई हुलियाका आधारमा गिरफ्तार गरे लगत्तै जिल्ला अदालतबाट म्याद थपेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते जिल्ला अस्पतालमा गरिएको छ ।


भगिश्वर लिम्बू