बालिका बलात्कार घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता
एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मङ्सिर २१ गते याङनाम गाविस-६ का २२ वर्षीय बुद्धि केरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले भदौ १४ गते आफू बाटोमा एक्लै भएको बेला ललाई-फकाई बलात्कार गरेको भनि आरोपित विरुद्ध उजुरी दिएकी हुन् ।
पीडित पक्षको उजुरी पश्चात आरोपितलाई मङ्सिर २० गते गिरफ्तार गरिएको र पीडितका स्वास्थ्य परीक्षण पनि सोही दिन भएको जिल्ला प्रहरी कार्यालयमा इन्स्पेक्टर विजय श्रेष्ठले बताए ।
यसैगरी धनकुटा प्रतिनिधि सन्तोष रुचालका अनुसार ५५ वर्षीया एकल महिलालाई मङ्सिर १८ गते बलात्कार गरेको आरोपमा ताङ्खुवा गाविस-२ का २२ वर्षीय युवक रबिन लिम्बु विरुद्ध प्रहरीले मङ्सिर २२ गते मुद्दा दायर गरेको छ ।
पीडितले मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीको आधारमा आरोपितलाई सोही दिन घरैबाट गिरफ्तार गरी आरोपित विरुद्ध जबरजस्ती करणी अन्तर्गतको मुद्दा जिल्ला अदालतमा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका सई दिनेश अधिकारीले बताए । घटनाको आवश्यक अनुसन्धानको लागि अदालतबाट सात दिनको म्याद थप गरिएको छ । पीडितको मङ्सिर २१ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
सन्तोष रुचाल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…