बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ फागुन १८ गते

बौद्धिक अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले श्याम्घा गाविस-१ का ५२ वर्षीय महम्मद मियालाई फागुन १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले सोही दिन बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकार्सइ मनोज पाण्डेले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण फागुन १७ गते दमौली अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई