बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई गत मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले अनन्तलिङ्गेश्वर नपा-७ का ४० वर्षीय राजकृष्ण कायष्थलाई  माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितकी ३५ वर्षीया पत्नी राधा जङ्गम कायस्थको सहयोगमा आरोपितले बलात्कार गरेको माघ २९ गते उजुरी परेपछि आरोपितद्वयलाई गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।


सविना केसी