बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ ३ गते पाताभार-७ का २७ वर्षीय सञ्जय चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिएको थियो ।
उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय पाताभारका सई गणेश खड्काले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २ गते जिल्ला अस्पतालमा गरिएको पनि उनले बताए ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…
शहिद परिवारको गुनासो : सरकारले गरेको प्रतिबद्धता पुरा गरेन
मन्त्री परिषद्को ०७९ फागुन १५ गतेको निर्णयले राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिर्वतनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरेको छ । कोशी प्रदेशमा ताप्लेजुङका…