बालिका बलात्कार घटनाका आरोपित हाजिर
१४ वर्षीया बालिका बलात्कारको घटनामा साढे ४ वर्षदेखि फरार रहेका आरोपित शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डल चैत १ गते जिल्ला अदालतमा हाजिर भएका छन् ।
बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपित विरुद्ध ०७५ पुस २६ गते उजुरी दर्ता गरेको थियो । बलात्कारका आरोपित मण्डल भारततर्फ फरार भएको र गिरफ्तार नभएको अवस्थामा अदालतले ०७६ असार ३० गते मुल्तबीमा राख्ने फैसला गरेको थियो ।
आरोपितले ०७५ साउन ५ गतेदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडितले अभिभावकलाई ०७५ पुस १६ गते बताउनु भएको थियो । बालिकाको पेट ठूलो हुँदै गएपछि चिकित्सक कहाँ चेकजाँच गर्दा गर्भवती भएको थाहा पाएपछि सोधपुछ गर्दा मात्र घटनाबारे जानकारी पाएको पीडितका अभिभावकहरूले बताएका छन् ।
बाख्रा चराउन जाने गरेकी बालिकालाई ललाईफकाई आरोपितले पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७५ पुस २६ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ पुस २६ गते भएको थियो । अस्पतालका चिकित्सकका अनुसार ०७५ पुस २७ गते भिडिओ एक्सरे गराउँदा पीडित बालिका २८ हप्ता तीन दिनकी गर्भवती थिइन् ।
अदालतमा हाजिर भई निवेदन दिई मुल्तबीबाट मुद्दा जगाएका आरोपित जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले पुर्पक्षका लागि चैत १ देखि राजविराज कारागारमा थुनामा पुगेका छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…