बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ५, करैहियाका  २० वर्षीया चन्द्रेश कुर्मीलाई  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरेको इन्स्पेक्टर प्रकाश यादवले जानकारी दिनुभयो ।

आरोपितले काम छ भन्दै घरमा बोलाएर आफुमाथि  बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  फागुन ३० गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।


नारायण पराजुली