बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक २९ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका– १ पिपराका २१ वर्षीय चन्द्रबहादुर थापालाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७७ पुस २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटना पछि फरार रहेका आोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १६ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।


टोपलाल अर्याल