बालिका बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई मङ्सिर १८ गते आरोपितले बलात्कार गरेको आरोपमा मङ्सिर २३ गते पीडितका बाबुले मौखिक उजुरी दिएपछि आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम कडेलले जानकारी दिए ।

आरोपित बालकको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालयमा मङ्सिर २४ गते गरिएको र पीडित बालिकाको अत्याधिक रक्तश्राव भएको कारण थापाथलीस्थित प्रसुती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


नवदीप श्रेष्ठ