बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुर्भाकोट नपा–१० का ५२ वर्षीय लोकबहादुर बिकलाई प्रहरीले साउन २ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी चौकी घुमखहरेमा साउन १ गते उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका इन्स्पेक्टर मधुसुदन न्यौपानेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मेहेलकुना अस्पताल मेहेलकुनामा साउन १ गते गरिएको छ ।


दुर्गा थापा