बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १८ बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उत्तमप्रकाश बरालले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १८ गते नै जिल्ला अस्पताल सिन्धुलीमा गरिएको छ ।


विमला पाण्डे