बालिका बलात्कार कसुरमा १२ वर्षको जेल सजाय

  ०८१ कात्तिक ७ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै हेटौँडा उपमहानगरपालिका-१४ बनेलधापका ३८ वर्षीय मीनबहादुर लोप्चनलाई जिल्ला अदालतले कात्तिक ६ गते १२ वर्षको कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवानाका साथै पीडकबाट पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिइएको छ ।

१३ वर्षीया बालिकालाई २०८० साउन १ गते मीनबहादुरले दिदीको घरमा डाकेर ललाइ फकाइ बलात्कार गरेको र बालिकाका आफन्तले उक्त घटना थाहा पाएपछि प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

प्रहरीले लोप्चनलाई ०८० साउन २ गते गिरफ्तार गरेको थियो भने पीडितको सोही दिन हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


पुष्पराज अधिकारी