बालिका बलात्कारका घटनाका आररोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका– २, बनदेवीका २० वर्षीय सुनिल भनिने भगवती हरिजनलाई  फागुन १४ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १३ गते बलात्कार गरेको भन्दै  पीडितले फागुन १४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको इन्स्पेक्टर नवराज केसीले जानकारी दिनुभयो ।

खेतमा काम गरेर घर फकर्ने क्रममा बाटोमा आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १४ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको डाक्टर नुरुल होदाले  बताउनु भयो ।


नारायण पराजुली