बालिका दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई विद्यालय परिसर भित्र पसि दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका– १० का २० वर्षीय मदन थापा मगर लाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई माघ ४ गते गोरखा नगरपालिका– १० विरेन्चोक स्थित रत्नराज्य माध्यमिक विद्यालयको परिसर भित्र कक्षा संचालन भइरहेको अवस्थामा मदन थापा मगरले अनाधिकृत रुपमा प्रवेश गरी गाली गलौज तथा हातपात गरि दुर्व्यवहार गरेको पीडित बालिकाले बताउनुभयो ।
उक्त घटनाको बारेमा विद्यालयले माघ ५ गते प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरेको डिसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो ।
थापा विरुद्ध माघ ८ गते जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरि म्याद थप गर्न अनुमति लिएर घटनाको अनुसन्धान भइरहेको डिसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…
चार जनाको भरमा जिल्ला अस्पताल !
जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ ।…
कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !
कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको…
दाङका १० ओटै स्थानीय तहमा डेङ्गी सङ्क्रमित, अस्पतालमा बिरामीको भिड ! (फोटो फिचर)
दाङमा डेङ्गी रोगको सङ्क्रमण १० ओटै स्थानीय तहमा फैलिएको छ । मनसुन सकिए पनि रोगको सङ्क्रमणले बिरामी बढ्दै गएपछि अस्पतालमा बिरामीको भिड पनि बढेको छ । ०८१ जेठदेखि कात्तिक १५…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चिंशखुगढी गाउँपालिका-५ कालीमाटीका २७ वर्षीय सुनिल खतिवडालाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ कात्तिक १० गते बलात्कार गरेको आरोपमा…