बालिका कुटपिट घटनाका आरोपित गिरफ्तार
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।
१ हजार ४ सय रुपियाँ चोरी गरेको आरोपमा बालिकालाई ०८१ जेठ १२ गते आरोपितले निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय, उर्लावारीका इन्स्पेक्टर देवेन्द्र दासले बताउनु भयो । कुटपिटबाट बालिकाको शरीरका विभिन्न भाग र अनुहारमा चोट लागेको छ ।
पीडित बालिकाको मङ्गलवारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टरमा उपचार भइरहेको इन्स्पेक्टर दासले बताउनु भयो ।
उर्लावारी नगरपालिका-६ स्थित राधिका माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका जेठ १३ गते मास्क लगाएर आएको अवस्थामा सोधीखोजी गरेपछि मिशनले कुटपिट गरेको बालिकाले बताएको विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलले बताउनु भयो ।
नेपालको संविधानले धारा ३८ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ ।
सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…